योगेश भट्टराईलाई मातृशोक, पूर्वप्रधानमन्त्री नेपाल सहित दजनौ नेताले पशुपति पुगेर श्रद्धाञ्जली दिए (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातुशोक परेको छ । भट्टराईको ९५ बर्षिया आमा महेन्द्रादेवि भट्टराईको शनिवार देहान्त भएपछि शोकमा पर्नु भएको हो । देहान्त हुन भएको भट्टराईको शवलाई आईतवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टि कार्यक्रममा श्रद्धाञ्जली दिन नेकपा एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल,लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेल,एमाले उप महासचिवद्धय तथा पूर्वमन्त्रीहरु घनश्याम भुसाल र विष्णु पौडेल, नेताहरु सुरेन्द्र पाण्डे,प्रदिप ज्ञवाली,गोकर्ण विष्ट श्रद्धाञ्जली अर्पण गर्न पशुपति पुग्नु भएको थियो ।
। त्यस्तै पूर्वमन्त्री तथा एमाले नेताहरु ,भानुभक्त ढकाल,बसन्त नेम्वाङ,कृष्णगोपाल श्रेष्ठ, प्रेम आलेमगर ,शेरबहादुर तामाङ,सासदहरु , यज्ञ सुनुवार, घनश्याम खतिवडा,एलपि साँवा,रामकुमारी झाँक्री,प्रदेश १ का आर्थिक मामिला मन्त्री टंक आङवुहाङ गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ, पार्टीका केन्द्रीय नेताहरु, विद्यार्थी संगठन, युवा संगठनका नेताहरु,पत्रकार,कर्मचारी संघसंस्थाका प्रमुख लगायत दर्जनौ विशिष्ट ब्यक्तिहरुले पशुपति पुगेर श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न योगेश भट्टराई लगायत सबै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेनले बताउनुभयो ।
उता नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले शोक वक्तव्य प्रकाशित गदै दुख ब्यक्त गदै परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्नु भएको छ ।