काेराेनाका कारण थप ३ जनाकाे ज्यान गयाे, ४ सय ४४ जनामा सङ्क्रमण

जानकारी मिडिया
९ भाद्र २०७९, बिहीबार १८:५१

काठमाण्डाै ।   पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । थप तीन जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार नाै सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा चार सय ४४ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नाै सय ५४ जनाको नमुना परीक्षण गर्दा चार सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा तीन सय सात जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या चार हजार एक सय ९९ रहेकाे छ ।

यसैबीच थप पाँच हजार पाँच सय ९७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*