तमु लोसार म्याराथनको उपाधि दिवश र पेम्बाले जिते

मदन गौतम
१४ पुष २०७९, बिहीबार १३:१३

ताप्लेजुङ । तमु लोहोसारको अवसरमा ताप्लेजुङमा आयोजित विहिवार सम्पन्न म्याराथनमा पुरुष तर्फ २९ जना २८ जना धावकलाई पछि पादै फक्ताङलुङ गाउपालिकाका दिवश लिम्बू र महिला तर्फ ९ जना धाविकालाई पछिपारेर मिक्वाखोला गाउँपालिकाकी पेम्वा ल्हामु शेर्पाले उपाधि जितेकाछन । पुरुष तर्फ लिम्बूले निर्धारीत दुरी १ घण्टा १५ सेकेन्डमा पार गरेकाछन् त्यस्तै महिला तर्फ ल्हामुले५३।५१ मिनेटमा पार गरेकी थिइन ।

पुरुष तर्फको दितीय फक्ताङलुङका सुगम पतंवा तृतिय, मैवाखोलका दिपेन्द्र सुजी र सान्तवना फक्ताङलुङका छत्र बहादुर कार्की भएकाछन । महिला तर्फ द्धितीय फुङलिङकी आरती गुरुङ, , तृतिय मिक्वाखोलकी ङिमाजाङ्मु शेर्पा र सान्तवना मिक्वाखोला कै छिरिङ डोमा शेर्पा भएकाछन् ।
पुरुष तर्फको दौड सदरमुकाम स्थित भिमकाली गुल्मको मैदान देखि सुकेटार र सुकेटारबाट पुनः गुल्मसम्म २१ किलोमिटर दुरी पार गर्नुपर्ने थियो । महिलाको दौडमा गुलमदेखि फुनपा ६ स्थित निङ्मा छ्योखोर्लिङ गुम्बा पुगेर गुल्म सम्मको करिब ९ किलोमिटर दुरी निर्धारण गरिएको थियो । पुरुषको तुलनामा आधा मात्रै दुरी दौडनु पर्ने भएकोले महिलाको दौडलाई हाफ म्याराथन भनिएको छ ।
पुरुषतर्फको प्रथम हुनेले पुरस्कार नगद १२ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन भने दोस्रो, तेस्राले क्रमस नगद ८ हजारसहित प्रमाणपत्र,५ हजारसहित प्रमाणपत्र प्राप्त गर्ने छन्।
महिलातर्फको प्रथम हुनेले नगद ८ हजारसहित प्रमाणपत्र प्राप्त गर्दा दोश्रो, तेस्रो हुनेले क्रमस नगद ४ हजार सहित प्रमाणपत्र र नगद ३ हजारसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*