दौंतरी र विकास मञ्चले ताप्लेजुङका ६ वटा बिद्यालयका बिद्यार्थीहरुलाई छात्रबृत्ति वितरण

जानकारी मिडिया
१८ पुष २०७९, सोमबार ०८:३५

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका विभिन्न ६ वटा बिद्यालयमा अध्ययनरत १ सय ५० जना बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ । ताप्लेजुङ विकास मञ्च र दौँतरी नेपालको सहकार्यमा जिल्लाका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई छात्राबृत्ति प्रदान गरिएको ताप्लेजुङ विकास मञ्चले जनाएकोछ ।

छात्रबृत्ती पाउनेहरुमा जिल्लाको मेरिङदेन गाउपालिकाका सुर्यदेबी मा.वि सान्थाक्रा, पाथीभरा याङबरक ५ को सिद्धेश्वरी मा.वि,सिरिजंगा गाँउपालिका १ सिनामको भगवती आधारभुत बिद्यालय , फक्ताङलुङ गाँउपालिका २ को तुलसी आधारभुत बिद्यालय , सिरिजंगा गाउपालिकाको महेन्द्र आधारभुत बिद्यालय र सिरिजंगा गाउँपालिका २ आम्बेगुदीनकै भगवती आधारभुत बिद्यालय का बिद्यार्थीहरु रहेको ताप्लेजुङ बिकास मञ्चका अध्यक्ष सन्तोष प्रसाईले जानकारी दिनुभयो । उहााका अनुसार सामुदायिक बिद्यालयमा अध्ययन गर्ने आर्थिक रुपले विपन्न र जेहेनदार बिद्यार्थीहरु छनौट गरि उहाँरुलाइ आवश्यक पर्ने लत्ताकपडा, झोला, जुत्ता र अन्य शैक्षिक सामाग्रीहरु समेत प्रदान गरिएको छ ।

२०७४ सालमा स्थापना भएका यी दुबै संस्थाहरुले बिभिन्न प्ररकारका सामाजिक कार्यहरु गर्दै आएको र यस बर्ष ताप्लेजुङमा शैक्षिक सुधारका निम्ती कार्य गरेको दौंतरी नेपालका अध्यक्ष सम्पन्न स्थापितले बताउनुभयो । उहाँका अनुसार दौंतरीले यहि बर्षमा मात्र देशभरिका १ हजार जनालार्इ यस किसिमको छात्रबृत्ती प्रदान गरिसकेको छ । उता ताप्लेजुङ बिकास मञ्चको पहलमा जिल्ला अस्पताल ताप्लेजुङको भौतिक सुधारको कार्य १ बर्ष अगाडि नै सम्पन्न भैसकेको र यस बर्ष आँखा अस्पतालको सुधारकार्य गरिने मञ्चा अध्यक्ष प्रसाईले बताउनुभयो । सदसमुकाममा सम्पन्न छात्राबृत्ती बितरण कार्यक्रमको प्रमुख अतिथी प्रदेस नम्बर १ का पूर्व सामाजिक बिकास मन्त्रि वलवहादुर साम्सोहाङ रहनुभएको थियो । कर्यक्रममा छात्रबृत्ती प्राप्त गर्ने बिद्यालय का प्रधानअध्यापकहरु , बिद्यार्थीका अविभावकहरुमञ्चका सचिव भोला पौडेल, दौंतरी का कोषध्यक्ष उत्तरा मानन्धर लगायत जिल्ला स्थित सरोकारवालाहरुको समेत उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*