ताप्लेजुङ रनको सय हप्ता विशेष कार्यक्रम गर्दै

जानकारी मिडिया
२७ पुष २०७९, बुधबार २१:३७

काठमाडौं । स्वास्थ्य शरीर सुन्दर मन स्वास्थ्य नै सबैभन्दा ठुलो धन भन्ने मुल नाराका साथ ताप्लेजुङ रनले प्रतियोगितात्मक  कार्यक्रम गर्ने भएको छ ।
ताप्लेजुङ रनको एक सय हप्ता पुरा गरेको अवसरमा आउदो माघ १४ गते बिशेष कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।
७ बर्ष देखि ११ बर्ष उमेर समूहका महिला र  पुरुषका लागि ३.५ किलोमिटर दौड आयोजना गर्ने भएको छ सो प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमश ५ हजार ३ हजार र २ हजार नगद पाउने छन ।

त्यस्तै १२ बर्ष देखि १६ बर्ष उमेरका महिला र  पुरुषका लागि ५ किलोमिटर दौड प्रतियोगिता सञ्चालन हुने ताप्लेजुङ रनका सहसचिव प्रकाश मादेनले बताएका छन । उक्त प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेले क्रमश ७ हजार,४ हजार र २ हजार प्राप्त गर्नेछन ।
त्यस्तै गरी १६ बर्ष देखि माथिका १० किमी महिला र  पुरुषका लागि प्रथम हुनेले १० हजार द्धितीय हुनेले ५ हजार र तृतीय हुनेले ३हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवासले बताएका छन । ताप्लेजुङ रनमा सहभागी हुनेहरुले आउदो शनिवार नाम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*