दुई दर्जन बढी बालीको बीमा गर्न सकिन्छ, कति लाग्छ शुल्क, कसरी गर्ने ?

जानकारी मिडिया
६ माघ २०७९, शुक्रबार १७:१०

काठमाडौं । कृषि तथा पशुपन्छी व्यवसायअन्तर्गत खाद्यान्न, तरकारी, फलफूल, नगदेवाली तथा च्याउ खेती लगायतका खेतीमा जोखिमको कारणबाट उत्पन्न हुने क्षति तथा हानीविरुद्ध आर्थिक क्षतिपूर्ति प्रदान गर्न २०६९ साल माघ १ गते बाली तथा पशुपन्छी बीमा निर्देशन जारी गरिएको थियो । सोही निर्देशन जारी भएपछि कृषि तथा पशुपन्छी बीमाको औपचारिक रुपमा शुरुवात भएको थियो ।

पाल सरकारले कृषिमा आत्मनिर्भर हुन र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले २०७० साउन १ गतेदेखि कृषि तथा पशुपन्छी बीमाको बीमाशुल्कमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको थियो ।

शुरुमा यस बीमाको बीमाशुल्कमा ५० प्रतिशत अनुदानको व्यवस्था गरिएकोमा कृषि तथा पशुपन्छी बीमामा कृषकहरु आकर्षित गरी थप प्रभावकारी बनाउनका लागि २०७१ साउन १ गतेदेखि बीमाशुल्कको अनुदानलाई वृद्धि गरी ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरियो । साथै, मूल्य अभिवृद्धि करमा छुट समेत प्रदान गर्ने नीति लिईएको थियो ।

आव ०७७/७८ मा सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदानको व्यवस्था गरेको थियो  । सरकारले चालु आवमा पनि कृषि बाली तथा पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।

जसअनुसार कृषकहरुले बालीको बीमा गर्दा २० प्रतिशत मात्रै बीमाशुल्क तिरेपुग्छ ।

बीमा प्राधिकरणले हालसम्म कृषि बीमातर्फ दुई दर्जन भन्दा धेरै बीमालेखहरु जारी गरिसकेको छ । जसमा तरकारी खेती बीमालेख(लागत र उत्पादन), धान बाली बीमालेख(लागत) चैतेधान बाली बीमालेख(लाग) चैतेधान बाली(सामूहिक) बीमालेख(उत्पादन), फलफूल खेती बीमालेख(लागत), आलु खेती बीमालेख(लागत), केरा खेती(लागत), अन्न बीउ बाली(उत्पादन) च्याउ खेती(लागत), अलैची खेती(उत्पादन), सुन्तला खेती, जुनार खेती, कागती खेती, चिया खेती, कफि खेती, उखु खेती, मौसमी सूचाङ्क (उत्पादन) घाँसे बाली, टिमुर, मेथा, किवी, ड्रागन र कफि खेती बीमालेख रहेका छन् ।

कसरी गर्ने बीमा ? यस्तो छ बीमा गर्ने प्रक्रिया

कृषि तथा पशुपन्छी बीमा गर्ने एउटा निश्चित प्रक्रिया रहेको छ । आफूले बीमा गर्ने आफ्नो सम्पत्तिको बारेमा प्रथम जानकार स्वयं बीमित आफै हुनु पर्दछ । कृषि तथा पशुपन्छी बीमा गर्न चाहने व्यक्ति वा संस्थाले कृषि तथा पशुपन्छी बीमा अभिकर्तामार्फत वा सोझै बीमा कम्पनीमा गई बीमा गराउनका सकिन्छ । कृषि तथा पशुपन्छी बीमा प्रक्रियाका लागि सामान्यतया यी कागजात आवश्यक पर्छन् :

१. पूर्ण रुपले भरिएको प्रस्ताव फारम

२. प्राविधिकको जाँच सिफारिसपत्र(बीमा गरिने वस्तु बीमा योग्य छ वा छैन)

२. बीमालेखमा उल्लेख भएअनुसार सम्बन्धित निकायको सिफारिसपत्र

४. कम्तीमा ५ वटा स्थिर फोटो तथा कम्तीमा तीन मिनेटको भिडियो

बीमालेखले बहन गर्ने जोखिम

बीमा गरिएको बीमालेखले भने सबै जोखिमको बहन भने गर्दैन । बीमा गरिएको बालीमा हानी नोक्सानी(लागत मूल्य) भएमा वास्तविक क्षतिको ९० प्रतिशत क्षतिपूर्ति बीमालेखले बहन गर्नेछ ।

१. आगलागी वा अग्नीको कारणले भएको क्षति

२. हुरीबतासको कारणले भएको क्षति

३. आँधिबेहरी वा तुफानको कारणले भएको क्षति

४. असिना, हिउँको कारणले भएको क्षति

५. अति वृष्टि र बेमौसमी वर्षाको कारणले भएको क्षति

६. बाढी वा डुबानको कारणले भएको क्षति

७. खडेरीको कारणले भएको क्षति

८. तुसारो, शितलहरको कारणले भएको क्षति

९. भुकम्पको कारणले भएको क्षति

१०. पहिरो वा भूस्खलनको कारणले भएको क्षति

११. चट्याङको कारणले भएको क्षति

१२. आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति(जंगली जनावरको आक्रमण )

१३. रोगको कारणले भएको क्षति

१४. किराको कारणले भएको क्षति

क्षतिपूर्ति नपाईने अवश्था

१. कानूनी निकायको आदेशमा नष्ट गर्नुपर्ने भएमा

२. बीमा गरिएको वस्तु हराएमा वा चोरी भएमा

३. बीमा गरिने वस्तुको बारेमा झुठ्ठा विवरण दिएमा

४. बीमालेखमा उल्लेख गरिएको क्षमता भन्दा बढी पालन गरेमा

५. अन्य प्रयोजनमा प्रयोग गरेमा

६. युद्ध, अतिक्रमण, विदेशी सैन्य कारबाही, गृहयुद्ध, राजद्रोह, क्रान्ति तथा सैनिक वद्रोहको कारणबाट बीमित वस्तु वा सम्पत्तिको क्षति भएमाclickmandu

यसमा तपाइको मत

Your email address will not be published.


*