प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

जानकारी मिडिया
९ माघ २०७९, सोमबार ०८:४५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा विभिन्न समसामायिक विषयमा छलफल भएको रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

घिमिरे बिहीबार सभामुख पदमा निर्वाचित हुनुभएको थियो । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*