निःशुल्क आमश शिविर

मदन गौतम
ताप्लेजुङ । सिदिङवा गाउँपालिका ५ लिम्बुदिनमा निःशुल्क आ.म.श.शिविर सम्पन्न भएको छ । हेवेन्ली निमार्ण पाथ नेपाल लिम्बुदिनको गाउ इकाईको आयोजनामा गत फागुन २४ गतेबाट सुरु भएको मंगलबार शिविर सम्पन्न भएको हो । सात दिन सम्म सञ्चालन भएको उक्त शिविरमा ३६३ जनाले सेवा लिएको हेवेन्ली निमार्ण पाथ नेपाल जिल्ला शाखा ताप्लेजुङका सचिव रमेश नाल्बोले जानकारी दिनु भयो । सचिब नाल्बोका अनुसार आ.म.श शिविर भन्नाले आत्मनिमार्ण, मन र शरीरको उपचार हो ।
शरीर र मनको उपचार भए पनि अहिले सम्म आत्मको भने उपचार हुन नसकेको सचिब नाल्बोको भनाईछ । शिविरको अन्तिम दिन सर्वधर्म तथा प्रेमवाद दर्शन सम्बन्धी आध्यात्मिक प्रवचन समेत भएको थियो । निःशुल्क शिविरको उद्घाटन सिदिङ्वा गाउँपालिका उप प्रमुख कृष्ण कुमारी कडरियाको प्रमुख आतिथ्यमामा भएको थियो । प्रेमवाद आ.म.स हिलर दिल कुमार राईको अगुवाइमा प्राकृतिक उपचार विधि प्रयोग गरि प्रेसर युरिक एसिड जस्ता रोगको उपचार गरिएको थियो । यसअगाडि पनि जिल्लाका विभिन्न स्थानमा शिवीर संचालन गरेको सचिब नाल्बो बताउनु भयो ।