मिक्वाखोलामा एक पछि अर्को प्रतियोगिता

जानकारी मिडिया
१ चैत्र २०७९, बुधबार २१:५५

मिक्वाखोला गाउपालिकाले विहीवार पालिका स्तरिय अध्यक्ष कप २०७९ पुरुष फुटबल तथा भलिबल प्रतियोगिता उत्घाटन गर्ने भएको छ । पालिकाको केन्द्र थलङमा हुने फुटबल प्रतियोगिताको विजेता तथा उपपिजेताले क्रमस ५० हजार र ३० हजार प्राप्त गर्नेछन् भने भलिबल विजेता तथा उपविजेताले क्रमस ४० हजार र ३० हजार पाप्त गर्नेछन् । अध्यक्ष कप समापन भएको १५ दिन नहुदै फेरि उपाध्यक्ष खुल्ला ब्याडमिटन प्रतियोगिताको आयोजना गर्ने भएको पालिकाले जनाएको छ ।
मिक्वाखोला गाउँपालिकाले आगामी चैत्र १७ र १८ गते उपाध्यक्ष खुल्ला ब्याटमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । पालिकाको केन्द्र थलङमा हुने प्रतियोगितामा पुरुष डवल सिनियर ‘ए’,पुरुष डवल सिनियर ‘बी’,कर्मचारी र भेट्रान्स ४५ बर्ष माथिका विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको ब्यवस्थापन मिक्वाखोला ब्याडमिन्टन संघ थलङले गर्ने भएको छ । पुरुष डवल सिनियर ‘ए’मा प्रथम र द्धितीय बन्ने टीमले ट्रफि मेडल र प्रमाणपत्र सहित नगद रु ३५ हजार र ३० हजार प्राप्त गर्नेछन् । त्यस्तै पुरुष डवल सिनियर ‘बी’ तथा कर्मचारी विधा अन्तर्गत विजेता र उपविजेताले क्रमसःट्रफि मेडल र प्रमाणपत्रसहित समान नगद ३५ हजार र २५ हजार प्राप्त गर्दा भेट्रान्स ४५ बर्ष माथिका विजेता —उपविजेताले ट्रफि मेडल र प्रमाणपत्रसहित क्रमसस्नगद २० हजार र १५ हजार पाउने छन् । खेलकुदको विकाश संगै पालिकाकामा रहेको नेपालको एक सय पर्यटन गन्तब्यमा पर्ने फुङफुङगे झरना तथा असंख्य पर्यटकीय स्थलको प्रचारप्रशारका लागि प्रतियोगिताको आयोजना गरिएको पालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*