निर्वाचन अधिकृत परिवर्तन गरेको भन्दै पाथीभरा वहुमुखी क्याम्पसमा तालाबन्दी

जानकारी मिडिया
२ चैत्र २०७९, बिहीबार २०:०६

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा वहुमुखी क्याम्पसमा दुई वटा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको छ ।
आउदो आईतवार हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नियुक्त हुनुभएका मतदान अधिकृतलाई नयाँ मतदान अधिकृत नियुक्त गरिएको र मतदाता नामावलीमा विद्यार्थीहरुको पूर्ण विवरण नराखिएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र समाजवादी विद्यार्थी युनियनले क्याम्पस प्रशाशन र स्ववियु निर्वाचन समितिको कार्यालयमा विहिवार तालाबन्दी गरेको हो ।


तालाबन्दी अघि दुवै संगठनले संयुक्त रुपमा एक ज्ञापन पत्र जारी गदै निर्वाचन अधिकृतको विचमा गरिएको परिर्वतनले स्वतन्त्र र निष्पक्ष निर्वाचन हुनेमा शंका उत्पन्न भएकाले आफ्ना मागहरु पुरा भएर सम्म निर्वाचन समितिको कार्यालय र क्याम्पस प्रसाशनमा तालाबन्धी गर्ने उल्लेख गरेका छन् । क्याम्पसको स्ववियु निर्वाचनमा गठवन्धन गरेका दुइ संगठन अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनका क्याम्पस कमिटी अध्यक्षहरु अनेरास्ववियुका पब्लिक गुरुङ र समाजवादीका किसोर आङबुहाङले हस्ताक्षर गरेको ज्ञापन पत्रमा मतदान अधिकृतलाई परिर्वतन गर्ने साथै विद्यार्थीको अन्तिम नामावली प्रकाशन गर्दा विद्याथीको पूर्ण विवरण नराखिएको तथा डिजिटल कार्डमा क्यु आर स्कयान गर्दा विद्यार्थीहरुको नाम मात्र आउने विषयले निर्वाचनमा धाधली हुने प्रस्ट देखिएको भन्दै मतदाता विद्यार्थीको फोटो सहितको सम्पुर्ण विवरण क्यु आर स्क्यान गर्दा आउने ब्यवस्था मिलाउन समेत माग गरेको छ । पाथीभरा वहुमुखी क्याम्पसमा २ विद्यार्थी र ४ विद्यार्थी संगठन गठबन्धन गरेर संगठनहरु निर्वाचनमा होमिएका छन । क्याम्पसमा नेपाली कांग्रेस निकट नेबि संघ र नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्वमा विद्यार्थी संगठनहरुले गठबन्धन गरेका छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*