पाथीभरा याङवरकले जित्यो अध्यक्ष कप

जानकारी मिडिया
२ चैत्र २०७९, बिहीबार २१:१३

मदन गौतम

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा जारी अन्तरपालिका स्तरिय दोस्रो अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथिभरा याङवरकले जितेको छ । पाथीभरा याङवरक गाउपालिकाले फुङ्लिङ नगरपालिकालाई २५-­१५,२५­-१९,२१­-२५ र २५­-१६को सेटमा हराउदै उपाधि उचालेको हो ।
विजेता पाथिभरा याङवरकले २ सय ९२ तोला चाँदी जडित सिरिजङ्गा लिपिको ट्रफीका साथ नगद २ लाख ५५ हजार ५ सय ५५ रुपैंयाका साथ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता फुङ्लिङ नगरपालिका नगद १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्रमा चितबुझायो । सान्त्वना हुने दुईटीम मेरिङदेन र आयोजक सिरिजघाले नगद ४४ हजार ४ सय ४४ प्राप्त गरेको छ । प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट हुनेले समेत पुरस्कार प्राप्त गरेका छन् । मैवाखोला गाउँपालिका बाहेक ताप्लेजुङका ८ वटा गाउपालिका प्रतियोगिताका लागि सहभागी भएका थिए ।
विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ठ खेलाडीमा पाथीभरा याङवरकका गिरिराज श्रेष्ठ, उत्कष्ठ ब्लकरमा फुङ्लिङका भवानी भट्टराई, लिप्टरमा पाथीभराका विनोद कार्की, सर्भरमा फुङलिङका अभिषेक भट्टराई, अलराउण्डरमा फुङ्लिङ कै अभिषेश राईलाई नगद, ट्रफि, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ । यस्तै उत्कृष्ट स्पाईकरमा पाथीभराका लमन दोर्जे तामाङ, डिफेन्समा रविन ईजम, उदयमान खेलाडीमा पाथीभराकै बाबुराम बुढाथोकी र उत्कृष्ठ कोचमा सिरीजंघाका शिव तोलाङ्गी सम्मानित भएका छन् । यसैविच आयोजकको निर्णय अनुसार एकजना खेलाडीलाई एकवर्षे प्रतिवन्ध लगाएको छ । खेलभावना वितरितको कार्य गरेको भन्दै पालिकाले सिरिजंघा गाउँपालिकाका पुजन लिम्बूलाई पालिकाभरीका खेलमा एकवर्षसम्मको लागि प्रतिबन्ध लगाएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*