स्ववियु निर्वाचन असहयोग गर्ने प्राध्यापक तथा कर्मचारीलाई निलम्बन गर्ने सञ्चालक समितिको चेतावनी (निर्णय सहित )

ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिले भोलि हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नगराउन सहयोग गरेको भन्दै प्रशासन,कर्मचारी,अध्यापकहरुलाई निलम्बका चेताबनी दिएको छ ।
शनिवार बसेको पाथीभरा क्याम्पस सञ्चालक समितिको बैठकले निर्वाचन गराउन असहयोग गर्र्नेलाई निर्वाचन पछि स्पस्टीकरण पछि कारवाही गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङको अध्यक्षतमा बसेको बैठकले आईतवार हुने स्ववियु निर्वाचनलाई निष्पक्ष,स्वतन्त्र,पारदर्शी र भयरहित बातावरणमा सम्पन्न गर्न क्याम्पस प्रशासन समितिलाई निर्देशन समेत दिएको छ ।
बैठकले असन्तुष्ट पक्ष विद्यार्थीहरुको माग सम्बन्धमा सम्भव हुने सम्मको माग पुरा गर्न प्रयत्न गर्ने, असन्तुष्ट पक्षले लगाएको क्याम्पस प्रशासन लगाएको तालाबन्दी प्रशासन लगाएर ताला तोडी निर्वाचनका प्रकृया अगाडी बढाउने समेत निर्णय गरेको छ ।
गत विहिवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नियुक्त हुनुभएका मतदान अधिकृतलाई नयाँ मतदान अधिकृत नियुक्त गरिएको र मतदाता नामावलीमा विद्यार्थीहरुको पूर्ण विवरण नराखिएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र समाजवादी विद्यार्थी युनियनले क्याम्पस प्रशाशन र स्ववियु निर्वाचन समितिको कार्यालयमा विहिवार तालाबन्दी गरेको थियो ।