पाथीभरा क्याम्पसमा तालाबन्दी हुदा हुदाँहुदै क्याम्पस प्रशासनले निर्बाचन गराउने, दुई विद्यार्थी संगठन भन्छ माग पुरा नभए सम्म निर्वाचन गराउन दिदैनौ

मदन गौतम
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा वहुमुखी क्याम्पसले चैत्र ५ गते निर्धारीत मिति मै स्ववियु निर्वाचन गराउने भएको छ । अनेरास्ववियु र संघिय विद्यार्थी युनियनको तालावन्दीका विच क्याम्पस प्रशासनले निर्बाचन गर्ने सुचना जारी गरेकोछ । शनिवार विहान वसेको क्याम्पस सञ्चालक समितिको बैठकले निर्वाचनमा असहयोग गर्ने कर्मचारी, प्राध्यापकलाई निर्वाचन पश्चात स्पस्टीकरण तथा निलम्बन गर्ने चेतावनी समेतको निर्णय गरेको थियो ।
क्याम्पस प्रशासनले वर्तमान अवस्थामा निर्बाचन गर्न नसक्ने मनसाय प्रकट गरेपछि नेविसंघ नेतृत्वको चार विद्यार्थी संगठनले हिजो नाराजुलुस गरेको थियो । निर्वाचन समिति र सञ्चालक समितिको वैठकले भोलि नै निर्वाचन गर्ने निर्णय गरेपछि अनेरास्ववियु र संघिय विद्यार्थी युनियन विद्यार्थीहरुले क्याम्पस प्रशासनलाई विवाद समाधान गरेर मात्रै निर्बाचन गर्न माग गरेका थिए । क्याम्पस प्रशासनले स्ववियु निर्बाचन चैत्र ५ गते निर्धारित समय बिहान ८ बजे देखि ४ बजे सम्म हुने सुचना जारी गरिसकेको छ । सञ्चालक समितिको वैठकले तालाबन्दी गर्ने विद्यार्थी संगठनले राखेका माग स्ववियु निर्वाचन पछि पनि सम्भव भए सम्म समाधान गर्ने निर्णय गरेको छ ।
यता अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) र समाजवादी विद्यार्थी युनियनले मतदाता नामावलीमा विद्यार्थीहरुको पूर्ण विवरण नसच्चयाए सम्म निर्वाचन हुन नदिने बताएको छ । दुई संगठनले एक विज्ञप्ती प्रकाशित गरी जारी गदै तालाबन्दीको बीचमा निर्वाचन गराउने प्रत्यन गरेमा त्यसमा हुने तथा क्षतिको जिम्मा प्रशासनले लिनु पर्ने बताएको छ ।